Shikhar Insurance
National Life

संवैधानिक परिषदको बैठक बस्दै, महालेखा परिक्षक सिफारिस हुने

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार ०९:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । संवैधानिक परिषदको बैठक बस्ने भएको छ । लामो समयपछि परिषदको बैठक बस्न लागेक हो ।

बैठकबाट महालेखा परिक्षक नियुक्ति गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुनेछ । महालेखा परिक्षक बन्नका लागि १६ जना प्रतिस्पर्धामा छन् । यद्यपी सरकारले आवेदन दिएको भन्दा बाहिरबाट समेत महालेखा परिक्षक छान्न सक्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महालेखा परिक्षक एमालेले लिने लगभग सहमति भएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा बैठक बसेका थिए । सो बैंठकमा संवैधानिक अंगमा पार्टिगत भागबन्डाको विषयमा छलफल भएको छ ।

महालेखा परिक्षकमा परिषदका सबै सदस्यहरुको सहमति हुनु पर्नेछ । अहिलेको अवस्थामा एक सदस्यले मात्रै असहमति जनाएको खण्डमा महालेखा परिक्षक नियुक्ति रोकिन सक्छ ।

स्रोतका अनुसार महालेखा परिक्षक एमालेले लिने विषयमा प्रारम्भिक सहमति भैसकेको छ । एमालेले महालेखा परिक्षक पाए पुर्व अर्थ सचिव शिशिर ढुङगाना, राममाया कुवँर र तोयम रायबिच एक जना सिफरिस हुने बुझिएको छ । यस्तै नेपाली काँग्रेसको कोटामा परेमा शंकर खरेल सिफारिसन हुनेछन् भने माओवादीको भागमा परे शुबोधकुमार कर्ण नियुक्ति हुनेछन् ।

परिषदमा प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रधानन्यायधिश, राष्ट्रियसभा अध्यक्ष र प्रतिपक्षि दलको नेता रहने व्यवस्था छ । महालेखा नियन्त्रक कार्यालयले चालु वर्षको प्रतिवेदन लगभग अन्तिम चरणमा पुर्याएको छ । नयाँ महालेखा परिक्षक नियुक्ति भएपछि प्रतिवेदन बुझाउने तयारी छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्