Shikhar Insurance
National Life

अन्तशुल्क संकट गहिरियो, कर बढाउँदा किन घट्यो वियर र सुर्तिजन्य वस्तुमा राजस्व

सिंहदरबार संवाददाता
२०८० चैत्र १८, आईतवार १२:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्वको महत्वपुर्ण शिर्षक अन्तशुल्कमा गम्भिर संकट देखिन थालेको छ । सरकारले प्रत्येक वर्ष नेगेटिभ लिष्टको करको दर वृद्धि गर्दै जादाँ राजस्व संकलन भने घट्न थालेको हो ।

चालु वर्ष अन्तशुल्कको संकलन हुने सुर्तिजन्य पदार्थ, वियर र अन्य औद्योगिक उत्पादनमा राजस्व संकलन घटेको छ । अर्थ मन्त्रालयको तथ्याक अनुसार सुर्तिजन्य पदार्थमा गत आर्थिक वर्ष २०७९/०८० तुलनामा ९.१४ प्रतिशतले राजस्व घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुर्तिजन्य पदार्थमा चालुवर्षको पहिलो ६ महिनामा १२ अर्ब ९२ करोड १७ लाख राजस्व संकलन भएको छ । गतवर्ष यो शिर्षकमा १४ अर्ब २२ करोड १० लाख राजस्व संकलन भएको थियो । चालु वर्ष गतवर्षभन्दा १ अर्ब २९ करोड ९३ लाख कम राजस्व संकलन भएको हो । यो शिर्षकमा सरकारले चालु वर्ष करको दर भने वृद्धि गरेको थियो ।

वियरमा पनि राजस्व संकलन घटेको छ । चालु वर्षको ६ महिनामा १२ अर्ब ४७ करोड ८६ लाख राजस्व संकलन भएको छ । गतवर्ष सोहि अवधिमा १५ अर्ब ३५ करोड २५ लाख राजस्व संकलन भएको हो । गतवर्ष भन्दा चालुवर्ष १८.७२ प्रतिशतले वियरमा राजस्व घटेको हो । अर्थमन्त्री प्रकाशशरण महतले वियरमा तीन प्रतिशत कर वृद्धि गरिदिएका थिए ।  प्रतिलिटर वियरमा उपभोक्ताले २ सय २८ रुपैयाँ कर तिर्दै आएकोमा चालु वर्ष ३ प्रतिशत बढेर अर्थात २ सय ३५ रुपैयाँ कायम भएको छ । वियर र सुर्तिजन्य पदार्थमा सरकारले प्रत्येक वर्ष कर वृद्धि गर्दै आएको छ तर राजस्व भने घट्दो क्रममा रहेको देखिएको छ ।

सरकारले वियरमा कर वृद्धि गरेपछि प्रिमियम वियर भन्दा स्टोर्ङ वियरको बिक्री बढेको छ । प्रिमियम बियरमा ८ प्रतिशत भन्दा बढी अल्कोहल राख्न पाइदैन । यस्तै स्टोर्ङ वियरमा भने १४ प्रतिशतसम्म अल्कोहलको प्रयोग गर्न पाइन्छ । प्रिमियम वियरको तुलनामा स्टोर्ङ वियर छिटो लाग्ने भएकाले ग्राहकको रोजाईमा स्टोर्ङ वियर पर्न थालेको हो ।

चालु वर्ष मदिरा शिर्षकमा भने सामान्य वृद्धि देखिएको छ । चालु वर्षको ६ महिनामा मदिरा शिर्षकमा १२ अर्ब १३ करोड ४० लाख राजस्व संकलन भएको छ । अघिल्लो वर्षको तुलनामा यस शिर्षकमा ३.२९ प्रतिशत सुधार देखिएको हो । पोहोर यस अवधिमा ११ अर्ब ७४ करोड ७० लाख संकलन भएको थियो ।

चालु वर्ष आन्तरिक उत्पादनतर्फ ५० अर्ब ३२ करोड ३८ लाख र पैठारीतर्फ १८ अर्ब ३४ करोड १३ लाख गरी कुल ६८ अर्ब ६६ करोड ५१ लाख राजस्व संकलन भएको छ ।

विगत केही वर्ष यता मूल्य अभिवृद्धि कर (भ्याट) अघिल्लो वर्षको तुलनामा घट्दै गएको थियो । यसैगरी अन्तशुल्कमा पनि एकातिर सरकार कर थप्दै जाने र अर्कोतर्फ कर संकलन घट्दै जानुले राज्यले लिएको नीतिमा गम्भिर त्रुटी देखिएको हो । ‘अन्तशुल्क नियमन सजिलो विषय छैन । नक्कली स्टीकरको बिगबिगी बढ्दै जादाँ राजस्व संकलनमा पनि संकुचन आएको छ, आन्तरिक राजस्व विभागका एक कर्मचारीले भने अर्कोतर्फ सरकारले प्रत्येक वर्ष नेगेटिभ लिष्टमा कर बढाउँदा मूल्य वृद्धि भई मागमा समेत संकुचन आउन थालेको छ ।’

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्