काठमाडौं । नेपाल इन्भष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बिहिबारनेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सीचीकृत भएको हो ।
बैंकको अंकित मूल्य १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरण भएको हो ।
यससँगै चैत १८ गते (आइतवार) देखि उक्त ऋणपत्र दोस्रो बजारमा काराेबार हुनेछ । बैंककाे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकले १० वर्ष अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्