Shikhar Insurance
National Life

ज्येष्ठ नागरिक सरोकार केन्द्रका काम प्रभावकारी रहेको छ : मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १२:१६
Hyundai
NCELL
NIMB

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको बताएकी छन् । घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा ज्येष्ठ नागरिक सरोकार केन्द्रमा आज (बिहिबार) भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा मन्त्री शर्माले समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उनीहरुलाई जीवनयापनमा निकै सहज भएको धारणा राखिन् । कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले ज्येष्ठ नागरिक एक्लिरहेको बताईन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै उनले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताईन् ।

पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने बताईन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्