Shikhar Insurance
National Life

सहिद लखन गाउँपालिकामा करिव ४४ लाख लगानीमा खानेपानी आयोजना सम्पन्न

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार ११:४०
Hyundai
NCELL
NIMB

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–५, स्थित काहुलेमा ४३ लाख ९४ हजार रुपैयाँको लागतमा सोलार लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ ।

लामो समयदेखि खानेपानी चर्को अभाव झेल्दै आएका काहुलेका स्थानीयवासीका लागि स्वच्छ खानेपानीको सुविधा पु¥याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोजना निर्माण गर्न गाउँपालिकाकोतर्र्फबाट १८ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ उनले भने ‘त्यस्तैबाहेक साझेदार संस्था ‘रिन्युएबल वल्ड नेपाल’ नामक संस्थाले पनि आयोजना निर्माणका लागि २५ लाख खर्च गरेको छ ।’

उक्त खानेपानी आयोजनाबाट त्यस क्षेत्रका दुई सय ६० जनाभन्दा बढी स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । ‘घर आँगनमै धारा बनेपछि ग्रागी बोकेर पानीको जोहो गर्नुपर्ने बाध्यता हटेको छ, स्थानीयवासी शान्ति रानमगरले भने ‘अब पानी लिन जानुपर्ने समयमा अन्य काम गर्न सहज भएको छ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्