Shikhar Insurance
National Life

तनहुँमा बजेट अभावले नगर अस्पतालको काम रोकियो

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १०:३८
Hyundai
NCELL
NIMB

तनहुँ ।  बजेट अभावका कारण  तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ ।  भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा भवन निर्माण थालिए पनि पर्याप्त बजेट नहुँदा काम रोकिएको नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताएक हुन् ।

स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन  एघार करोड ५२ लाख ९ हजार नौ सय ६३ रुपैयाँको लागतमा भवन निर्माण थालिएको थियो ।  हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत मात्र भएको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई २ करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार २०७९ माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सो अवधिमा काम पूरा नभएकाले पुनः २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप गरिएको निर्माण कम्पनीका सञ्चालक किरण लामाले बताए ।  बजेट समयमै निकासा नहुँदा काम गर्न समस्या भएकाले त्यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्