Shikhar Insurance
National Life

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री राई

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १७:५८
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औं स्थापना दिवस समारोह’मा उनले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन् ।

बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताए । उनले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँको गरिबी घटाउने, नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने र युवामा रोजगारको वृद्धि कसरी गर्ने भनेर योजना बनाउन आवश्यक छ मन्त्री राईले भने ‘नगरपालिकामा जनसङ्ख्याका साथै उद्योगधन्दा कलकारखाना बढ्दै गएकाले थप रोजगारीका अवसर सिर्जना हुँदै जानेछन् । नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको उनको भनाइ रहेको छ ।

प्रतिनिधिसभाका सांसद गोकुल बास्कोटाले नगर स्थापनाको दिन खुसीको क्षण भएकाले कला, संस्कृति, प्रकृति, खानी, पानी, बसोबास, सरसफाइ सबै क्षेत्रमा ध्यान दिन आवश्यक रहेको बताए । अहिले बढ्दो बस्ती विकासले सहरी फोहर पनि बढ्दै गएको भन्दै व्यवस्थित फोहर विसर्जन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।

सांसद बास्कोटाले अहिलेको चुनौती जलवायु परिवर्तन भएको बताउँदै त्यसलाई मानव विकास, सभ्यताका सूचाङ्कलाई नागरिक र जनप्रनितिधिको सहकार्यबाट समाधान गर्नुपर्ने बताए । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बनेपा नगरपालिकाले लिने नीति, काम र अभियानले समग्र जिल्लालाई सकारात्मक प्रभाव पार्न सक्नुपर्नेमा जोड दिए । फोहर, खानेपानी र विकास निर्माणलगायत कार्यमा प्रदेश र सङ्घीय सरकारको सहकार्य आवश्यक रहेको भन्दै सोहीअनुसार नागरिकको हितलाई केन्द्रमा राखेर योजना बनाइरहेको जानकारी दिए ।

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बन्दै गरेको सूर्यविनायक–धुलिखेल सडकखण्डको विस्तारका क्रममा भएको अव्यवस्थित कामका कारण नगरबासीले समस्या व्यहोर्नु परेको भन्दै त्यसलाई माथिल्लो तहबाट नै व्यवस्थित गर्न आग्रह गरे ।

नगरपालिका–६, ७, ८, १० ११ र १३ अरनिको राजमार्गअन्तर्गत पर्ने भन्दै उक्त सडकमुनि ढल र खानेपानीको पाईप रहेकामा अहिले विस्तार गरिएको आयोजनाले थप समस्या निम्त्याएको उनको भनाइ रहेको छ । उनले निर्माणाधीन सडक व्यवस्थित बनाउनुपर्ने भन्दै यसमा सङ्घीय सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बनेपा नगरपालिकामा कार्यरत रही सेवा प्रदान गरेका कर्मचारीलाई विभिन्न पदकका साथ सम्मान गरिएको छ । सो क्रममा बनेपा विशिष्ट सेवा पदक, बनेपा दीर्घ सेवा पदक, बनेपा सेवा पदक, बनेपा तारा, सेवानिबृत्त हुनुभएका शिक्षक, उत्कृष्ट करदातालगायतलाई सम्मान गरिएको छ । सो क्रममा नगरपालिकाको विभिन्न गतिविधि समेटेर तयार पारिएको ‘बनेपा बुलेटिन’ मन्त्रीलगायत अतिथिले सामूहिक रुपमा विमोचन गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्