Shikhar Insurance
National Life

लिफ्ट सिँचाइ आयोजनाले बढ्यो मटेरा गाउँको तरकारी उत्पादन

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १७:४९
Hyundai
NCELL
NIMB

दाङ । तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ५० बर्षीय पूर्णबहादुर चौधरी कृषि पेसामा संलग्न छन् । उनले तोरी, चना, केराउजस्ता तरकारीखेती गर्दै आएका छन् । त्यसो त उनले यसअघि पनि नौ बिघा जमिनमा तरकारी लगाउथे तर पहिलेभन्दा अहिले उत्पादन बढेको छ ।

चौधरीले भने,“पहिलेको तुलनामा १० गुणा बढी उत्पादन हुन्छ । त्यसैले अहिले खुसी छु ।” उनको जमिनमा तरकारी उत्पादन बढ्नुको प्रमुख कारण लिफ्ट सिँचाइ आयोजना हो । लिफ्टिङबाट सिँचाइ गरेपछि बेमौसमी तरकारी उत्पादन गर्न उनलाई सजिलो भएको छ । चौधरी पूर्ववडा सदस्य पनि हुन् । कृषि पेसा र राजनीति दुबैलाई समानान्तर रूपमा अघि बढाइरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिले गाउँ नजिकै बबई नदी बगे पनि सिँचाइ अभावले एक याममा मात्र खेती हुन्थ्यो । आम्दानी खासै हुन्नथ्यो । घरमा खानका लागि पुग्थ्यो । लिफ्ट सिँचाइ आयोजना सञ्चालन भएपछि धेरै सजिलो भएको उनको भनाइ छ । लिफ्टका लागि सोलार र विद्युत् दुवै जडान गरेको उनले बताए । उनले गत वर्ष घरखर्च चलाएर वार्षिक ५ लाख आम्दानी गरेका थिए । यो वर्ष त्योभन्दा धेरै आम्दानी हुने आशामा छन् । उनले खेती गर्न कृषि औजारको प्रयोग गरिरहेका छन् । ती कृषि औजार लुम्बिनी प्रदेश सरकारबाट अनुदानमा प्राप्त भएका हुन् ।

पूर्णबहादुर मात्रै होइन सिँचाइको सुविधा भएपछि मटेरिया गाउँ बाह्रै महिना हरियाली हुन थालेको छ । मटेरिया गाउँ पकेट तरकारीखेतीका रूपमा चिनिन थालेको छ । केही वर्षपहिले बृहत् सिँचाइ योजना दाङले १ करोड ५० लाखको लगानी र गाउँलेहरूको ५ लाख मूल्य बराबरको श्रमदानमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सोही आयोजनाले गर्दा मटेरियाको मुहार नै फेरिएको हो । आयोजनाअन्तर्गत गाउँ नजिकै भएर बग्ने बबई नदीको पानीलाई करिब छ सय मिटर लम्बाइ रहेको लिफट सिँचाइमार्फत पानी तानिएको छ । त्यसरी तानिएको पानीले मटेरिया आसपासको दुई सय बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ जसमा एक सय २० घर थारू समुदाय र २० घर अन्य समुदाय लाभान्वित छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्