Shikhar Insurance
National Life

पर्वतका स्थानीय तहले ६३ करोड समानीकरण अनुदान पाउने

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १६:४८
Hyundai
NCELL
NIMB

पर्वत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पर्वतका स्थानीय तहलाई  ६३ करोड ७१ लाख अनुदान पठाउन सरकारलाई सिफारिस गरेको छ ।

नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्थानीय तहले आफैँ बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान गरेर तीनवटा शीर्षकमा विभाजन गरिएको आयोगले जनाएको छ ।

पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकाले पाउने भएको छ  ।  कुश्मा नगरपालिकाले  १२ करोड ६६ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको हो ।  न्यूनतम अनुदान रु तीन करोड ५० लाख, सूत्रमा आधारित अनुदान ८ करोड ८० लाख र कार्यसम्पादनमा आधारित अनुदान रु ३६ लाख पाउने भएका छन् ।

त्यसैगरी, मोदी गाउँपालिकाले ९ करोड ६ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ जसमा न्यूनतम अनुदान ३ करोड, सूत्रमा आधारित अनुदान ५ करोड ६१ लाख र कार्यसम्पादनमा आधारित अनुदान  ४५ लाख छ ।  जलजला गाउँपालिकाले ९ करोड ३८ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ  । पालिकाले न्यूनतम अनुदान ३ करोड २५ लाख, सूत्रमा आधारित अनुदान ५ करोड ६८ लाख र कार्यसम्पादनमा आधारित अनुदान  ५४ लाख पाउने छन् ।

फलेवास नगरपालिकाले ९ करोड ८७ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । नगरले न्यूनतम अनुदान ३ करोड २५ लाख, सूत्रमा आधारित अनुदान ६ करोड २२ लाख र कार्यसम्पादनमा आधारित अनुदान ३१ लाख पाउने भएको छ ।

महाशिला गाउँपालिकाले रु सात करोड ११ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ ।  महाशिलाले न्यूनतम अनुदान रु दुई करोड रु ७५ लाख, सूत्रमा आधारित अनुदान ३ करोड ७५ लाख र कार्यसम्पादनमा आधारित अनुदान  ६१ लाख पाउने भएको छ । यसैगरी, बिहादी गाउँपालिकाले ७ करोड ६४ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ ।

बिहादीले न्यूनतम अनुदान ३ करोड, सूत्रमा आधारित अनुदान ४ करोड १४ लाख र कार्यसम्पादनमा आधारित अनुदान  ५० लाख पाउने छ । पैयूँ गाउँपालिकाले ८ करोड आठ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पैयूँले न्यूनतम अनुदान ३ करोड, सूत्रमा आधारित अनुदान ४ करोड ५७ लाख र कार्यसम्पादनमा आधारित अनुदान  ५१ लाख पाउने भएको छ ।

अनुदानसँगै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निर्धारण गर्ने बजेट वृद्धि हुने भएको छ । सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अनुदान तय गरी सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्