Shikhar Insurance
National Life

म्याग्दीका भिर पहरामा मह सिकार सुरु

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १६:२९
Hyundai
NCELL
NIMB

म्याग्दी । जिल्लाका भिर पहरामा मह सिकार सुरु भएको छ । अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका भिरबाट मह निकाल्न थालिएको हो ।

अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह सिकारी दीपक पुनले मह सिकारका लागि दोसल्ले भिर आएको बताए । उनले भने,“बेँसीका भिरबाट सुरु हुने मह सिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ । सातजनाको समूह मह सिकारका लागि निक्लिएका छौँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

मह सिकारीले डोरीको सहायताले भिर मौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् । भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।

वसन्त र शरद् ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । दोसल्लेको भिरमा तीन दिनदेखि मह सिकार गरेको दीपकको समूहले ४० लिटर मह निकालेका छन् । प्रतिलिटर ३ हजार पाँच सयका दरले भिरमह बिक्री हुने गर्छ । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ ।

मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्