Shikhar Insurance
National Life

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम, ८ सय बढीको सहभागिता

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक-२०२४’ को अवसरमा कार्यक्रम आयोजना गरेको छ । “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रममा कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउनेबारे छलफल भएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्युरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब ८ सय जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्