काठमाडौं । आज (बुधबार) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा १०.८३ अंकले घटेर २०३०.८६ मा पुगेको हो ।
आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ कारोबार भएको छ ।
बुधबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६६ प्रतिशत, श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.९६ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.७३ प्रतिशत सहित २१३ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्