Shikhar Insurance
National Life

बुधबार १०.८३ अंकले घट्यो सेरय बजार, कारोबार रकम २ अर्ब २३ करोड

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.८३ अंकले घटेर  २०३०.८६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर किबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ १ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७२ लाख २२ हजार ३ सय २० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय २५ रुपैयाँ रहेको छ ।

साथै, आज १८८ कम्पनीको सेयर मूल्य घट्दा ५१ कम्पनीको बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । कम्पनीको सयेर ४५ रुपैयाँले २० पैसाले घटेर प्रतिकित्ता ७ सय ५३ रुपैयाँ ७० पैसा पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्