Shikhar Insurance
National Life

रुकुमपश्चिममा क्षयरोग परीक्षण गर्ने सङ्ख्या न्यून हुँदा बिरामी पत्ता लगाउन सकस

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १४:३६
Hyundai
NCELL
NIMB

रुकुमपश्चिम । रुकुमपश्चिममा क्षयरोग (टिबी) परीक्षण गर्नेको सङ्ख्या न्यून रहेको पाएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वेअनुसार जिल्ल्लामा ३ सय ९० जना क्षयरोगका बिरामी हुनेसक्ने तथ्याङ्क सार्वजनिक गरेपनि परीक्षण गर्नेको सङ्ख्या एक सय २१ रहेका छन् ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा क्षयरोगका बिरामी पत्ता लगाउन सकस भएको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८० ८१ मा ३ सय ९० बिरामी पत्ता लगाउने लक्ष्य रहे पनि फागुनसम्म लक्ष्यको २८.७१ प्रतिशत अर्थात १ सय १२ मात्र पत्ता लागेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिरामीले रोग देखाउन लाज मान्ने, परीक्षणको दायर न्यून हुनु, स्वास्थ्य पहुँच कम हुनुलगायत कारणले परीक्षण गर्नेको सङ्ख्यामा कमी भएको खड्काको भनाइ रहेको छ । क्षयरोगका बिरामीलाई चेकचाँच तथा उपचार लगायत सबै सेवा निःशुल्क भए पनि परीक्षण गर्ने कम हुँदा बिरामी पत्ता लगाउन समस्या हुने गरेको उनले बताए । उनका अनुसार चालु आवको हालसम्म पत्ता लागेका बिरामीको उपचार भइरहेको छ ।

जिल्लामा गत आवमा एक सय ६९ बिरामी भेटिएका थिए । जसमध्ये सात जनाको क्षयरोगका कारण मृत्यु भएको खोप सुपरभाइजर अधिकृत खड्काले जानकारी दिए । उनका अनुसार चालु आवमा क्षयरोगका कारण दुई जनाको मृत्यु भएको छ ।

‘क्षयरोग फोक्सो र अन्य अगङ्समेतमा लाग्ने गर्दछ । यससम्बन्धी सर्वसाधारणलाई जानकारी नहुँदा परीक्षण गर्नेको सङ्ख्या कम हुने गरेको छ । फोक्सोमा मात्र क्षयरोग लाग्छ भन्ने बुझाइ भएकाले पनि परीक्षण गर्ने सङ्ख्यामा कमी देखिएको हुन सक्छ’ खड्काले भने ।

परीक्षण गर्नेको सङ्ख्या न्यून हुँदा परीक्षण गर्ने मेसिन प्रयोग विहीन भएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक कालिबहादुर ओलीले बताए । माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको कारण क्षयरोग सर्ने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्यू गर्दा निरोगी व्यक्तिमा रोग सर्ने जोखिम हुने भएकाले सचेत हुनुपर्ने व्यवस्थापक ओलीले बताए ।

हाल जिल्लामा ३२ वटा डट्स केन्द्र, चार माईक्रोसकोपी केन्द्र, एक जिनएक्सपर्ट केन्द्र र एक डिआर सब सेन्टरबाट क्षयरोग उपचार तथा निधान भइरहेको स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्