Shikhar Insurance
National Life

राष्ट्रपतिद्धारा देउवा, प्रचण्ड, उपेन्द्रलाई सरकार गठन गर्न आव्हान

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार २१:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आव्हान गरेकी छिन् । राष्ट्रपति भण्डारीले संबिधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुका तर्फबाट बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधी सभा सदस्यलाई बहुमत प्राप्त प्रधानमन्त्रीका रुपमा दावी पेश गर्न आव्हान गरेकी हुन् ।

त्यसरी बैशाख ३० गते राति ९ बजेसम्म दावी पेश गर्ने बहुमत प्राप्त प्रतिनिधी सभा सदस्यलार्य प्रधानमन्त्री बनाउने राष्ट्रपतिको आव्हानमा उल्लेख छ । काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा उपेन्द्र–बाबुराम नेतृत्वले बहुमतको सरकारका लागि दावी पेश गर्ने तयारी गरेका छन् । यी तीन दलले बहुमतिय सरकार गठनका लागि आव्हान गर्न राष्ट्रपति समक्ष संयुक्त अपिल जारी गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्