Shikhar Insurance
National Life

पर्साका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १२:२८
Hyundai
NCELL
NIMB

पर्सा । पर्सामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी लालपुर्जा बाँड्ने प्रक्रिया सुरु भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला शाखा पर्साले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने तयारी थालेको हो ।

आयोगले प्रक्रिया थालेपछि भूमि प्राप्तिका लागि पर्सामा ६ हजारभन्दा बढीको नाम सूचीकृत गरेको छ । विभिन्न पालिकामा भूमिहीन दलित १ हजार ३ सय ६३, भूमिहीन सुकुम्बासी २ हजार ५ सय ७७ र अव्यवस्थित बसोबासी २  हजार ९ सय ४९ गरी ६ हजार ८ सय ८९ जनाको नाम सूचीकृत भएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहम्मदले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोगमा सूचीकृत भएकामध्ये सबैभन्दा बढी ठोरी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी र बहुदरमाई नगरपालिकामा छन् । अध्यक्ष अहम्मदका अनुसार सबैभन्दा बढी ठोरी गाउँपालिकामा भूमिहीन दलित २६, भूमिहीन सुकुम्बासी १ हजार ७ सय ४० र अव्यवस्थित बसोबासीमा १ हजार ९ सय ६ जनाको नाम सूचीकृत भएको छ ।

यस्तै, पर्साको पर्सागढीमा भूमिहीन दलित ७ सय ७२, भूमिहीन सुकुम्बासी ३ सय ५७ अव्यवस्थित बसोबासीमा ५ सय ५४ को नाम सूचीकृत भएको अध्यक्ष अहम्मदले बताए । पर्साका अन्य पालिकाबाट विवरण आउन बाँकी रहेको उनको भनाइ रहेको छ ।  अध्यक्ष अहम्मदका अनुसार सूचीकृत भएका आगामी वैशाखमा पर्साका १ सय ५७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको छ ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी थाले पनि स्थानीय तहले लागत सङ्कलनलगायत कार्यमा सहयोग नगरेकाले अपेक्षाकृत रुपमा कार्य अघि बढाउन नसकिएको अध्यक्ष अहम्मदको गुनासो छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्