Shikhar Insurance
National Life

चार लेनको महाकाली पुल निर्माणको अन्तिम चरणमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार ११:४२
Hyundai
NCELL
NIMB

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम ५ महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको हो ।

वि.सं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८.६ किलोमिटर छ लेन सडक निर्माणको ९०.१९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत ८ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘भेरिएसनका कारण अझै १५ करोड बक्यौता छ’ उनले भने ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।’ उनले ८.६ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार ५ सय मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए ।

‘रकम अभावलगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ इन्जिनियर पाण्डेयले भने पुलको लागत ३ अर्ब ६६ करोड हो ।’ पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ०.३ वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्