Shikhar Insurance
National Life

चीनले चक्रपथ बनाउन ढिला गरेको भन्दै बालेनको आक्रोश, १० फिट लामो बोर्ड ठेकदारले चोरेको दाबी

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह चीन सरकारसँग रुष्ट भएका छन् । आफ्नो देशमा एकै दिनमा अस्पताल बनाउन सक्ने अरुको देशमा ९ वर्षमा पनि बाटो बनाउन नसक्ने भन्दै आलोचना गरेका हुन् ।

सन् २०१५ मा सक्नुपर्ने काम २०२४ सम्म पनि नसकेको भन्दै बालेनले १० फिट लम्बाई र ५ फिट चौडाईको बोर्ड राखेका थिए । सो बोर्ड बाटो निर्माण गर्ने जिम्मा पाएको निर्माण व्यावसायीले नै चोरी गरेको आरोप बालेनले लगाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोर्ड चोरी गर्नेलाई कारबाहीको माग गर्दै बालेनले जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् ।

प्रमुख बालेनले बुधबार सामाजिक सञ्जाल मार्फत बोर्ड हराएको र चोरी गर्नेलाई कारबाही गर्न माग गरेका हुन् । उनले लेखेका छन्, ‘२०१५ मा सक्नुपर्ने काम २०२४ लाग्दा समेत सकिएको छैन । रिंगरोड प्रयोग गर्ने बासिन्दा मात्र होइन, त्यहाँबाट उड्ने धुलोले उपत्यका नै प्रताडित छ । स्थानीय, संघीय सांसदहरू समेतले पटक पटक आवाज उठाए तर कसैको सुनिएको थिएन ।’

महानगरले पटक-पटक ध्यानाकर्षण गराए पनि निर्माण कार्य शंखेकिराको गतिमा रहेको बालेनले टिप्पणी गरेका छन् । निर्माणकर्ताहरूले स्थानीय र महानगरको आवाज र दुख नदेखेको उनको भनाइ छ ।

‘स्थानीयको पीडा नदेख्नेले १० फिट लामो र ५ फिट चौडा भएका बोर्ड चाँही देखेछन् । समय सकिएको ९ वर्षपछि पनि काम नसक्ने संस्थाले कथित अल्टिमेटमको समय सकिने बित्तिकै बोर्ड निकालेर फ्यालेछन् । अनि आफ्नो देशमा १ दिनमा अस्पताल बनाउनेले कुटनैतिक नोट लेखेछ्न्’उनले लेखेका छन्,

कलंकीदेखि महाराजगञ्जसम्मको, चक्रपथ सुधार आयोजना समयमै सम्पन्न नभएको कारण महानगरले जनगुनासोको व्यवस्थापन गर्न सूचना बोर्ड राखेको थियो । सो बोर्डहरु हाल उक्त स्थानहरुमा नरहेकोले चोरी भएको सम्बन्धमा आवश्यक छानविन र अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारबाही गर्न महानगरले आग्रह गरेको छ ।

May be an image of ticket stub and text

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्