काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिनको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फेरेन्स-२०२४” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पोखरास्थित, रुपाकोट रिसोर्टमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गरेको छ । साथै आउदो समयका लागि आवश्यक व्यापार रणनीतिहरुबारे छलफल भएको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ)पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जनाको सहभागिता रहेको थियो ।
यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै नयाँ सोच र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउँन मद्दत मिल्ने कम्पनीको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस्