Shikhar Insurance
National Life

२१ करोड ६८ लाखमा निर्माण भयो तनहुँ र चितवनलाई जोड्ने पक्की पुल

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार ११:२४
Hyundai
NCELL
NIMB

तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको जानकारी दिएका हुन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताए । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए । वि.संं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्