काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा कारोबार खुल्ला भएको ४ मिनेटमा नै सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १० प्रतिशत अथवा ८९ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ९ सय ८४ रुपैयाँ ६० पैसा पुगेको हो ।
सर्वोत्तम सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५४ लाख ९१ हजार ५ सय ९८ रुपैयाँको कारोबार भएको छ । समाचार तयार गर्दा सम्म नेप्से ५.३२ अंकले घटेर २०४७.०२ को बिन्दुमा पुगेको छ । अहिले २६ करोड ६५ लाख रूपैयाँ बढीको कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्