काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार भने प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन भने प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँका कारोबार भएको छ भने अघिल्लो दिन प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्