Shikhar Insurance
National Life

छुट्नु होला है ! डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सिंहदरबार संवाददाता
२०८० चैत्र १४, बुधबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीले चैत १ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा चैत्र २५ गते आइतबार पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजेदेखि आव्हान गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस सेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीलाई गाभ्ने–प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न कम्पनीले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्