Shikhar Insurance
National Life

राजस्व समुहमा पस्यो अख्तियार, उपसचिव तारा सापकोटा विरुद्ध ८४ लाखको मुद्दा दर्ता

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १९:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । उपसचिव ताराप्रसाद सापकोटा र अधिकृत नवकुल शर्मा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले ८४ लाख ५५ हजार बिगो र कैद सजाय माग दाबी गर्दै विशेष अदालत काठमाडौंमा मंगलबार मुद्दा दायर गरेको हो ।

देव इन्टरनेश्लन प्रालीले चीनबाट ल्याएको जुत्ता लगायत सामान जाँचपास गर्ने क्रममा राज्यलाई नोक्सानी हुनेगरी बदनियत राखेको भन्दै मुद्दा दायर गरेको हो । सापकोटाले एम ७३६ नम्बरको प्रज्ञापन पत्र २०७९ पुस २० गते भन्सारको सिस्टममा दर्ता गरी डिलिट गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रणालीबाट प्रज्ञापन पत्र डिलिट भएपछि अर्थमन्त्रालयले सहसचिवको नेतृत्वमा छानविन समिति बनाएको थियो । सो समिति प्रतिवेदनको आधारमा सापकोटालाई विभागिय कारबाही समेत गरिएको थियो ।

समिति गठन गरेपछि सापकोटाले २०७९ माघ १० गते नयाँ प्रज्ञापनपत्र एम ४०७५ दर्ता गराई सुरुमा भएको भन्दा बढि मूल्य देखाई जाँचपास गरेका थिए । भन्सार जाँचपासमा अख्तियार यसअघि प्रवेश नगरेको राजस्व समुहका कर्मचारीहरु बताउँछन् ।

राजस्व समहुका कर्मचारीहरुमाथी अनुसन्धान मुद्दा दायर गर्न राजस्व अनुसन्धान विभाग छ । उसले राजस्व छलिको प्रकृति हेरेर मुद्दा दायर गर्ने गरेको छ । तर पछिल्लो समय अख्तियारले राजस्व समुहका कर्मचारीहरु माथी निगरानी बढाउन सुरु गरेको हो ।

यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्