Shikhar Insurance
National Life

बोर्ड अध्यक्ष नियुक्ति ढिलो भएको भन्दै सचिवसँग मन्त्री पुन रुष्ट, छिटो गर्न निर्देशन

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । मन्त्री पुनले प्रकृया ढिलो भएको भन्दै छिटो प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् ।

मंगलबार मन्त्रालयको सुवर्णहलमा आयोजित कार्यक्रममै मन्त्री पुनले अर्थसचिव डा. कृष्णहरी पुष्करसँग असन्तुष्ट व्यक्त गरेका हुन् । मन्त्री पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा.पुष्करलाई  बैठकबाटै निर्देशन दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’ अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रकृयाका लागि फागुन ११ गते आवेदन माग गरेको थियो । सो आवेदनमा फागुन ३० सम्म १९ जनाले आवेदन दिएका छन् ।

आवेदन दिएका १९ जनाको नाम मन्त्रालयले सार्वजनिक गरिसकेको छ । १९ जनाबाट उत्कृष्ट तीन जना छनोट गर्न माघ ३ गते मन्त्रिपरिषदले तीन जनाको समिति गठन गरेको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, अर्थ सचिव डा।पुष्कर र एक जना विज्ञ सदस्य शंकरदेव क्यम्पसका उपप्रध्यापक उदय निरौला रहेका छन् ।

तीन सदस्य मध्ये निरौला र श्रेष्ठ माओवादी निकट हुन भने पुष्कर नेपाली काँग्रेस निकट हुन् । छनोट समितिले आवेदन आएका १९ जनाको व्यावसायिक कार्ययोजना, कार्यक्षमताको आधारमा तीन जनाको नाम मन्त्रिपरिषद पठाउनेछ । मन्त्रिपरिषदले तीन जनामध्ये एक जनालाई अध्यक्षको जिम्मेवारी दिनेछ ।

समितिले ढिलो गरी काम गरेको भन्दै मन्त्री पुनले असन्तुष्टी व्यक्त गरेका हुन् । बोर्ड अध्यक्ष नेकपा माओवादीको भागमा परेको छ । यसकारण अध्यक्षमा माओवादी निकट व्यक्ति नै नियुक्ति हुने देखिएको छ । आवेदन दिएका मध्ये माओवादी निकट डा. नबराज अधिकारी, चिरन्जिवी चापागाई र कृष्ण बहादुर कार्की मध्ये एक अध्यक्ष बन्ने लगभग पक्का रहको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्