Shikhar Insurance
National Life

‘आइएमई पे मनिग्राम’ मार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १७:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बम्पर अफर सार्वजनिक गरेको छ । ‘आइएमई पे मनिग्राम’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।

फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ । मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाएको रकम ‘आइएमई पे’ मार्फत प्राप्त गर्दा पनि १ सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । ‘आइएमई पे’मार्फत संसारको जुनसुकै देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्