Shikhar Insurance
National Life

पहिलो इन्टरनेट सेवा प्रदायक सुबिसुको व्यापार ३ अर्ब ४६ करोड, बजार हिस्सा १० प्रतिशत

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १६:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो केवल इन्टरनेट सेवा प्रदायक सुबिसु केवलनेट लिमिटेडले सन् २०२३ मा ३ अर्ब ४६ करोड ४० लाख रुपैयाँ कारोबार गरेको छ । कम्पनीले गतवर्ष सन् २०२२ को तुलनामा ८.१४ प्रतिशत कम व्यापार गरेको हो ।

कम्पनीले २०२२ मा ३ अर्ब ७७ करोड १० लाख कारोबार गरेको थियो भने २०२१ मा ३ अर्ब ५१ करोड २० लाख रुपैयाँ व्यापार गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालका अनुसार कम्पनीको ब्याज कभरेज टाइम २०२१ मा २.३६, २०२२ मा २.४७ र २०२३ मा २.३९ कायम रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले नेपाली इन्टरनेटको १० प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीले हाल उच्च गतिमा फाइबर, केवल इन्टरनेटका साथै डिजिटल टिभी सेवाहरु प्रदान गर्दै आएको छ । कम्पनीले केवल टिभी र केवल इन्टरनेट प्रदायक संचालन गरेको छ । कम्पनीको काठमाडौंमा १० वटा सेवा केन्द्र छन् भने देशभरका ३१ वटा शाखाहरु छन् ।

कम्पनीको नेतृत्वमा सुरेन्द्र श्रेष्ठ रहेका छन् । कम्पनीले ७७ वटै जिल्लामा सेवा विस्तार गरिसकेको छ । कम्पनी सन् १९९९ मा स्थापना भएको हो । कम्पनीले सन् २०२३ मा ३ अर्ब ६२ करोड ८० लाखको रेटिङ गराएको छ । कम्पनीको सर्टटम लोन २ अर्ब ४ करोड  र दीर्घकालिन लोन १ अर्ब ५८ करोड ७० लाख रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्