Shikhar Insurance
National Life

१०.१४ अंकले बढ्यो सेयर बजार, कारेबार रकम भने घट्यो

सिंहदरबार संवाददाता
२०८० चैत्र १३, मंगलवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । निरन्तर राताम्मै भएको बजार मंगलबार दोहोरो अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.१४ अंकले बढेर २०४१.७० को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर किबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँ १ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३१ लाख ३९ हजार ७० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ३० रुपैयाँ रहेको छ ।

साथै, आज ६८ कम्पनीको सेयर मूल्य घट्दा १६८ कम्पनीको बढेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने धैलागीरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घटेको छ । कम्पनीको सयेरमा प्रतिकित्ता १ सय ४४ रुपैयाँले घटेर प्रतिकित्ता १३ सय ९९ रुपैयाँ ६० पैसा पुगेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्