काठमाडौं । सर्वोत्तम सिमेन्टको ५० कित्ता सेयर पर्ने एकै व्यक्तिले २६ हजार ७ सय १० रुपैयाँ कमाएका छन् । पाँच कारोबार दिनमै लगानीकर्ताहरुले दोब्बर भन्दा बढी लाभ लिएका हुन ।
सर्वोत्तम सिमेन्टको सेयर प्रिमियम मूल्यमा निष्कासन भएको थियो । जसका लागि एक प्रतिकित्ता ३६०.९० रुपैयाँ तोकिएको थियो । ५० कित्ता सेयर खरिद गर्न १८ हजार ४५ रुपैयाँ खर्चिएका लगानीकर्ताले दोब्बर भन्दा बढी नाफा कमाएका हुन् । आईपीओमा चैत ६ गतेदेखि चैत १३ गतेसम्म नै सेयरमा सकरात्मक सर्किट लागिरहेको छ ।
कम्पनीको ५ औं कारोबार दिनपनि सेयरमा सकरात्मक सर्किट लागेर प्रतिकित्ता ८ सय ९५ रुपैयाँ १० पैसा पुगेको हो । कम्पनीको सेयर कारोबार खुल्ला भएको १ घण्टा नहुदै २ कारोड ९ लाख ७८ रुपैयाँ कारोबार भएको छ ।
कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्मको लागि बिक्री खुल्ला गरेको थियो । सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसा रहेको थियो । आवेदकहरुले न्युनतम ५० कित्ता देखि १० हजार कित्ता सम्म आवेदन दिएका थिए । न्युनतम १० कित्ताको लागि १८ हजार ४५ रुपैयाँ रहेको थियो । जसमा ५५ हजार ५२१ जनाले ५० ५० कित्ताका दरले आइपीओ हात पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्