Shikhar Insurance
National Life

दुर्गा प्रसाई र बैंकरलाई एकैपटक खुशी पार्ने सर्वोच्चको आदेश, ६ अर्ब नडुब्ने पक्का

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १९:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समयदेखि बैंक विरुद्ध आन्दोलन गरिरहेका दुर्गा प्रसाईले अन्तत: अदालतबाट न्याय पाएका छन् । सरकारबाट मेडिकल कलेज संचालनका लागि आशय पत्र (एलओआई) पाएर पनि लाइसेन्स लिन नसकेपछि ऋणको भारीले थिचिएका प्रसाईले पछिल्लो समय बैंक तथा वित्तिय संस्था विरुद्ध आगो ओकल्दै आएका थिए ।

कुनैबेला प्रचण्डका प्रिय पात्र प्रसाई पछिल्लो समय केपी ओली हुदैं दरबार निकट बनिसकेका थिए । प्रसाईको आन्दोलन बैंक विरुद्ध मात्रै नभएर व्यवस्था विरुद्धै केन्द्रित भैसकेको थियो । मेडिकल कलेज संचालनका लागि आवश्यक पुर्वाधार तयार पारेर पनि लाइसेन्स नपाएका प्रसाईले अदालतबाट न्याय पाएको देखिए पनि प्रसाईले भन्दा ठूलो राहत भने आधा दर्जन वाणिज्य बैंकले पाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘प्रसाईले पुर्वि नेपाल र भारतका समेत नागरिकलाई लक्षित गरी अत्याधुनिक अस्पताल र मेडिकल कलेजको संरचना बनाएका थिए । उनको योजना र पुर्वाधारलाई हेरेर हामीले ऋण दिएका थियौं, अहिले प्रसाईसँगै हामी बैंकरलेपनि न्याय पाएका छौं, अब हाम्रो बैंकको ऋण सुरक्षित भयो । र बैंक विरुद्धको आन्दोलन पनि मत्थर हुने आश छ ।’, प्रसाईको मेडिकल कलेजलाई ऋण लगानी गरेका एक सिइओले सिंहदरबारसँग भने ।

सर्वोच्च अदालतले दुर्गा प्रसाईको बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालीलाई लाइसेन्स दिन आदेश दिएसँगै बैंकलाई किस्ता असुल गर्न बाटो खुला भएको छ । सरकारबाट मेडिकल कलेजको लाइसेन्स लिएर एमबीबीएसमा विद्यार्थी भर्ना गरेपछि बैंकहरुको ऋणको किस्ता भुक्तानी गर्नुपर्ने सम्झौता छ ।

प्रसाईको मेडिकल कलेजलाई ५ वटा बैंकले ४ अर्ब ११ करोड ऋण लगानी गरेका छन् । तर हालसम्म सो ऋणको कुनै सावाँ ब्याज बैंकहरुले प्राप्त गर्न सकेका छैनन् । सोमबार सर्वोच्च अदालतका न्यायधिसद्धय कुमार चुडेल र सारंगा सुवेदीको संयुक्त इजलासले प्रसाईको कलेजलाई लाइसेन्स दिन सरकारको नाममा आदेश दिएको हो ।

प्रसाईको प्रालीमा तत्कालिन जनता बैंक (ग्लोलब आइएमई)ले एक अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । जनता बैंक (ग्लोबल आइएमई) को नेतृत्वमा (सह–वित्तीयकरण) अस्पताललाई नबिल बैंकले ७६ करोड लगानी गरेको छ ।

यस्तै तत्कालिन एनसिसी (कुमारी बैंक)ले १ अर्ब लगानी गरेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्यले ७० करोड लगानी गर्दा तत्कालिन मेगा (नेपाल इन्भेष्टमेन्ट मेगा) बैंकले ६५ करोड ऋण लगानी गरेको छ । अब सरकारले प्रसाईलाई मेडिकल कलेज संचालनको अनुमति दिनु पर्नेछ । अनुमति पाएपछि कलेजले विद्यार्थी भर्ना प्रकृया सुरु गर्नेछ । भर्ना प्रकृया सुरु भई पठन-पाठन सुरु भएपछि बैंकहरुले कम्पनीसँग ऋणको साँवा-ब्याज असुल गर्ने प्रकृया सुरु गर्न बैंकहरुलाई बाटो खुल्नेछ ।

प्रसाईको मेडिकल कलेजलाई ऋण लगानी गरेका अर्का एक बैंकरले भने-‘ऋणको साँवा-ब्याज असुल गर्न लामो समयदेखि रोकिएको छ, अदालतको यो निर्णयबाट केहि सहज भएको छ ।’ कलेज सुरु नभई बैंकहरुले ऋण असुली प्रकृया सुरु गर्दा मुद्दा अदालतमा पुगेको थियो । अदालतले कलेज सञ्चाल नभई कर्जाको साँवा-ब्याज तिर्न नपर्ने भन्दै प्रसाईको पक्षमा फैसला गरेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्