बलिउड अभिनेत्री कंगना राणावतले औपचारिक रुपमै राजनीतिक यात्रा आरम्भ गरेकी छिन् । बलिउड क्वीन रणावतले आगामी लोकसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीबाट चुनाव लड्ने टुंगो लागेको हो ।
भाजपाले सार्वजनिक गरेको पाचौँ चरणको उम्मेदवार सूचीअनुसार कंगनाले हिमाञ्चल प्रदेश मंडी लोकसभा क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्दै छिन् । कंगना राणावतले एक दिन पहिले नै चुनाव लड्न सक्ने संकेत दिएकी थिईन् । हिमाञ्चल प्रदेशको कांगडामा बगलामुखी मंदिरको दर्शन गर्दै कंगनाले पत्रकारहरुसँग भनेकी थिईन्,”माताको कृपा छ भने म मंडी संसदीय सीटबाट पक्कै चुनाव लड्छु ।”
टिकट पाएपछि कंगनाले ट्वीटमा लेखेकी छन्, ”मेरा प्यारा भारत र भारतीय जनताको आफ्नो भारतीय जनता पार्टीको मैले सधैँ बिना शर्त समर्थन गरेकी छु । आज बीजेपीको राष्ट्रीय नेतृत्वले मलाई मेरो जन्म स्थान हिमाचल प्रदेशको मंडीबाट लोकसभा उम्मेदवार बनाएको छ ।”
प्रतिक्रिया दिनुहोस्