Shikhar Insurance
National Life

‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री दाहाललाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सर्वर र एप हस्तान्तरण गरेका थिए । हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धेरै मेहनत गरेर नेपाल संवत, विक्रम संवत, ईस्वी संवतलाई पनि सहजै रुपान्तरण गर्न सकिने र अनन्तकालसम्म प्रयोगमा ल्याउन सकिने काम भएको बताए । उनले नेपाल संवतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने-‘मैले पहिलो पटक नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गर्ने निर्णय गराउने मन्त्रीपरिषद्को नेतृत्व पनि मैले गरेको थिएँ ।’ अहिले फेरि नेपाल संवतलाई सरकारी कामकाजी दस्ताबेजहरुमा लेखेर लैजाने भन्ने निर्णय पनि तपाईंहरुकै प्रेरणाले गरेको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र स्थापना पछि एउटा सकारात्मक वातावरण बनेको छ । अब कम्प्लेक्स ठानिएको रुपान्तरणको कुरालाई पनि तपाईहरुले सरल बनाएर ल्याए । मैले त आफैँले निर्णय गरेको हुनाले यसलाई अझ व्यवस्थित बनाइ राम्रोसँग लागू गरेर जाओस् भन्ने नै हो । अब यो तोप लगाएर मुख्यसचिवलाई दिन्छु र यो कार्यान्वयनमा जान्छ ।’

सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत, विक्रम संवत र इस्वी संवत प्रयोग गर्न सकिने बताइएको छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्