Shikhar Insurance
National Life

भ्रष्टाचार अभियोगमा कार्यालय प्रमुख यादवविरुद्ध मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका कार्यालय प्रमुख यादव विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलङ्गवा सर्लाहीबाट आर्थिक वर्ष २०७५/०७६ मा कृषि सेड निर्माणका लागि उपलब्ध सरकारी बजेटमा भ्रष्टाचार भएको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फिल्डमा भएको कार्यभन्दा बढीको मूल्यांकन गराई ९ लाख ७७ हजार १६ बराबरको भ्रष्टाचार भएको अभियोगमा निमित्त कार्यालय प्रमुख यादवलाई बिगो बमोजिमको कारवाहीको माग गरिएको छ । यस्तै तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महत्तो कोइरी विरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

चक्रघट्टा गाउँपालिका–९ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय, व्यवस्थापक जयनन्दन राय यादव विरुद्ध पनि ९ लाख ७७ हजार १६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्