Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकले ‘ग्लोबल मनि विक’ मा वित्तीय साक्षरता कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनि विक-२०२४’ को अवसरमा मार्च १८ तारिखदेखि २४ तारिखसम्म आयोजना गरेको कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी ग्लोबल मनि विक-२०२४’ मनाईएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा बैंकले बैंकिङ्ग सम्बन्धि आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाको लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने प्रक्रिया, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकहरुले प्रदान गरिरहेका डिजिटल सेवाहरु, डिजिटल सेवाहरुको प्रयोग गर्दा अपनाउनुपर्ने सचेतना, बैंकले प्रवाह गर्ने विभिन्न कर्जा, रेमिट्यान्स, गैरकानुनी रुपमा गरिने हुण्डीको कारोबार र त्यसका नकारात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिका आदि जस्ता विषयहरूमा जानकारी दिइएको थियो ।

युवा अवस्थादेखि पैसाको व्यवस्थापन गर्न सिक्न, भविष्यका लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पु¥याउने मद्दत गर्ने विश्वासका साथ ग्लोबल मनी सप्ताह मनाउदै आएको बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्