काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनि विक जीएमडब्लु-२०२४’ को अवसरमा चैत ५ गतेदेखि ११ गतेसम्म आयोजित कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरिएको कम्पनीले जनाएको छ ।
संस्थामा आवद्ध सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन जीएमडब्लु २०२४ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्