Shikhar Insurance
National Life

गोरखाकाे भीमसेन थापामा ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियान सञ्चालन

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १५:४१
Hyundai
NCELL
NIMB

गोरखा । विद्यालय बाहिर कोही पनि बालबालिकालाई रहन नदिने र सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने अभियानस्वरुप गोरखाको भीमसेन थापा गाउँपालिकाले ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ भन्ने अभियान सञ्चालन गरेको छ । पालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउने रणनीतिकस्वरुप पनि अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिएका हुन् ।

विद्यालयभन्दा बाहिर कोही पनि बालबालिका रहन नदिने गाउँपालिको योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अभियान नै सञ्चालन गरिएको उनको भनाइ रहेको छ ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै लैजानका लागि पनि गाउँपालिकाले थप योजना बनाएर कार्यान्वयन गरिरहेको छ उनले भने यसले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण पनि विस्तारै बढ्दै जानेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै सामुदायिक विद्यालयप्रति सबैको विश्वास अभिवृद्धिका लागि पालिकाभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरुपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।

सामुदायिक विद्यालयप्रति सबै अभिभावक र बालबालिकाको आकर्षण गर्न पहिले पालिकाभित्रका सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने हाम्रो जोड छ उनले भने अनि मात्र अरुलाई पनि सामुदायिक विद्यालयमा बालबच्चा पढाउनुस् भन्नसक्ने नैतिकता हामीलाई हुन्छ ।

पालिकाभित्र सार्वजनिक पदमा बहाल रहेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक सङ्घका पदाधिकारीले आगामी शैक्षिकसत्र २०८१ देखि अनिवार्यरुपमा बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने उनले बताए ।

पालिकाभित्र रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा दिएर सबल र सक्षम बनाउनु गाउँपालिकाको जिम्मेवारी हो अध्यक्ष बञ्जराले भने हामीले निजी विद्यालयले प्रदान गर्नेभन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ र त्यसका लागि सबैले भूमिका खेल्नुपर्छ ।

गाउँपालिकाले पालिकाभित्रका सबै वडामा सार्वजनिक पद धारण गरेका व्यक्तिका बालबालिका निजी वा संस्थागत विद्यालयमा अध्ययनरत भए विवरणसहितको जानकारी पालिका शिक्षा शाखामा पठाउन पनि सबै वडालाई निर्देशन दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्