काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १७.०१ अंकले घटेर २०३१.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
दोहोरो अंकले सेयर बजार घटेपनि सोमबार सबैभन्दा धेरै गोर्खाज फाइनान्स लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ९० लाख २५ हजार ८ सय ५६ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ८ सय ७२ रुपैयाँ रहेको छ ।
साथै, शिवम सिमेन्ट, सोनापसर मिल्स, हिमालयन रि इन्स्योरेन्स, घोराहि सिमेन्ट, पिपुल्स पावर कम्पनी, अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्