Shikhar Insurance
National Life

१७.१ अंकले घट्यो सेयर बजार , कारोबार रकम २ अर्ब ४८ लाखमाथि

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १७.०१ अंकले घटेर २०३१.५५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर किबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ ८ पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साेमबार  सबैभन्दा धेरै गोर्खाज फाइनान्स लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ९० लाख २५ हजार ८ सय ५६ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ८ सय ७२ रुपैयाँ रहेको छ ।

साथै, आज २०४ कम्पनीको सेयर मूल्य घट्दा ३७ कम्पनीको बढेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने २ कम्पनीकाे सयेरमा नकरात्मक सर्किट लागेकाे छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्