Shikhar Insurance
National Life

बोटलर्स नेपाल र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ मा पुगेको हो ।

आज ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड र सर्वोत्तम सिमेन्ट लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, तारागाउँ रिजेन्सी होटल लिमिटेडको ८.०४ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.४२ प्रतिशत, हिमालयन हाईड्रोपावर लिमिटेडको ६.२९ प्रतिशत सहित ६९ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्