Shikhar Insurance
National Life

एलइडी बल्ब बनाउने टच ल्याम्प पावरको व्यापार अर्ब नजिक, एसेम्बल सुविधाले फाइदा

रोशनी तामाङ
२०८० चैत्र १२, सोमबार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । एलइडी बल्ब एसेम्बल्ड गरी बिक्री वितरण गर्ने टच ल्याम्प पावर इन्जिनियरिङ प्राली (टीपीपीएल)को व्यापार बढेको छ । कम्पनीले सन् २०२३ मा अघिल्लो वर्षभन्दा ५१.२६ प्रतिशतले व्यापार बढाएको हो ।

कम्पनीले सन् २०२३ मा ९५ करोड ९० लाख व्यापार गरेको हो । केयर रेटिङ नेपालको विवरण अनुसार कम्पनीले अघिल्लो वर्ष ६३ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो । कम्पनीले यो वर्ष ५१.२६ प्रतिशत बढी व्यापार कारोबार गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, कम्पनीले सन् २०२१ मा २९ करोड ६० लाख रुपैयाँ व्यापार गरेको थियो भने अहिले कम्पनीको व्यापार लगातार फस्टाउँदै गएको छ । कम्पनीले हेटौंडामा बल्ल एसेम्बल गर्ने प्लान्ट खोलेको छ । यो प्लान्टको उत्पालन क्षमता वार्षकि ८ लाख वटा छ ।  कम्पनीको व्यापार क्रमशः उकालो लागेसँगै ब्याज कभरेज टाइममा पनि सुधार आएको छ ।

कम्पनीको २०२१ मा १.८४, २०२२ मा १.१४ त्यसैगरी २०२३ मा आईपुग्दा १.२१ ब्याज कभरेज टायम छ । कम्पनीले अधिकांश कच्चा पदार्थ र व्यापारिक सामान भारत र चीनबाट आयात गर्दछ । टीपीपीएल सन् २०१२ मा स्थापित एक नीजि कम्पनी हो । कम्पनी एलईडी बल्बको निर्माण –एसेम्बलिङ), घरायसी विद्युतीय उपकरणको व्यापार, बिजुलीको व्यापारमा गर्दै आएको छ ।

निर्माणमा प्रयोग हुने तार, केबुल र विद्युतीय ट्रान्सफर्मर र्ममत गर्ने जस्ता कार्य टीपीपीएलले गर्दै आएको छ । कम्पनीलाई एलइडी बल्ब एसेम्बलमा सरकारले कर सहुलियत दिएपछि व्यापारमा निरन्तर फड्को मारिरहेको छ । कम्पनीले १ अर्ब १७ करोड ऋणको रेटिङ गराएको हो । जसमा सर्ट टम लोन ४२ करोड ४० लाख दीर्घकालिन लोन ६९ करोड ५० लाख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्