Shikhar Insurance
National Life

आरोग्य कन्स्ट्रक्सनको व्यापार १८ करोड २० लाख, गतवर्ष भन्दा २३ करोडले घट्यो

सिंहदरबार संवाददाता
२०८० चैत्र १२, सोमबार १२:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । आरोग्य कन्स्ट्रक्सन प्राइभेट लिमिटेड(एसीपीएल)को व्यापारमा गिरावट आएको छ । कम्पनीको अघिल्लो वर्षको तुलनामा २३ करोड १० लाखले व्यापार खस्किएको हो । केयर रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको विवरण अनुसार सन् २०२३ मा कम्पनीले १८ करोड २० लाखमा व्यापार गरेको  छ ।

कम्पनीले गतवर्ष (२०२२) मा ४१ करोड ३० लाख रुपैयाँ कारोबार गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको व्यापारमा ५५.९३ प्रतिशतले कमी आएको हो । सन् २०२१ मा कम्पनीले १९ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो । सन् २०११ मा स्थापना भएको कम्पनी  ‘डी’ वर्गको निर्माण कम्पनी हो । कम्पनीका म्यानेजिङ डाइरेक्टर आमोद जंग थापा हुन् । यस्तै संचालक हरुमा रञ्जन रायमाझी,  बसन्त कटवाल र चुडामणी गौतम छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आरोग्यले विभिन्न निर्माण परियोजनाहरूमा काम गरिरहेको छ । जसमा अप्टिकल फाइबर केबल, अन्य संस्थाहरुसँग जोइन्ट भेन्चरमा भवन, सडक, पुल र जलविद्युत परियोजनाहरू निर्माण गरिरहेको छ । आरोग्य कन्स्ट्रक्सन प्राइभेट लिमिटेड(एसीपीएल)का अधिकांश परियोजनाहरु सरकारी ठेक्काहरु हुन् ।  कम्पनीका  परियोजनाहरुको ढिलाईका कारण हालको व्यापार घट्दै गएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्