काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य २ सयले बढेर प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन(शुक्रबार) सुनको मूल्य १ लाख २६ हजार ५ सय रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ रहेको छ भने अघिल्लो दिन सुन मूल्य १ लाख २५ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि २ सयले बढेको हो ।
साथै, सोमबार चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । चाँदी १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन १ हजार ५ सय रुपैयाँमा चाँदी किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्