Shikhar Insurance
National Life

म्याग्दीमा क्षयरोगका बिरामी पहिचान गर्न चुनौती

सिंहदरबार संवाददाता
२०८० चैत्र ११, आईतवार १५:५१
Hyundai
NCELL
NIMB

म्याग्दी । म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौती देखिएको छ । बिरामी आफैँ स्वास्थ्य संस्थामा नआउने, समुदायस्तरमा क्षयरोग परीक्षण गर्ने कार्यक्रम अभाव, पहिचान भएकाले नियमित औषधि सेवन नगर्नेलगायत कारणले क्षयरोग निवारणमा चुनौती बनेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुुख भुवन ठकुराठीले क्षयरोग नियमित औषधि सेवन गरेमा निको हुने सरुवा रोग भएकामा देवीदेवताका कारण भएको मानेर हेलचक्र्याई गर्नाले मानिसको ज्यान लिने तथा धेरैलाई सर्ने गरेको बताए । “स्थानीय तहहरुले क्षयरोगमुक्त पालिका बनाउन समुदायस्तरमा पुगेर बिरामीको पहिचान र नियमित औषधि उपचारको व्यवस्था मिलाउने कार्यक्रम बनाउनुपर्छ । क्षयरोग परीक्षण गर्ने प्रयोगशाला र जनशक्ति सीमित हुँदा परीक्षणको दायरा बढाउन सकिएको छैन् ।”उनले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगातार दुई हप्ता भन्दाबढी समय सुख्खा खोकी लाग्ने, साँझपख ज्वरो आउने जस्ता लक्षण भएमा क्षयरोग परीक्षण गराउन बेनी अस्पतालका चिकित्सक अनुषा मानन्धरले अनुरोध गरिन् । उनका अनुसार स्वास्थ्यकर्मीको निगरानीमा छ महिनादेखि १३ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ । जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २४ जना नयाँ क्षयरोगी पहिचान भएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए । उनका अनुसार बेनी नगरपालिकामा १२, मालिका गाउँपालिकामा चार, धवलागिरी, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा दुई/दुई जना क्षयरोगी भेटिएका हुन् ।

गत आवमा बेनीमा २८, अन्नपूर्णमा आठ, रघुगङ्गामा पाँच, धवलागिरीमा छ, मालिकामा आठ र मङ्गला गाउँपालिकामा पाँच जना क्षयरोगी भेटिएका थिए । आव २०७८/७९ मा जिल्लाभर ५८ जना क्षयरोगी भेटिएका थिए । “म्याग्दीको जनसङ्ख्याको अनुपातमा वार्षिक दुई सय ४९ जना क्षयरोगीका बिरामी पहिचान हुनुपर्नेमा लक्ष्य भन्दा कम भेटिएका छन् । यहाँका बिरामी उपचारका लागि बाहिर जिल्लामा गएर रोग पहिचान भएको पनि अवस्था छ ।” सुवेदीले भने ।

म्याग्दीमा क्षयरोगीको उपचारको सफलता दर भने उच्च छ । गत आर्थिक वर्षमा ९६.०६ प्रतिशत उपचार सफल भएको उनले जानकारी दिए । बेनी अस्पताल, भुरुङ तातोपानी स्वास्थ्यचौकी र दरवाङ आधारभूत अस्पतालको प्रयोगशालामा मात्र क्षयरोग परीक्षण हुुन्छ । भुरुङ तातोपानी र दरवाङको प्रयोगशालामा नियमित स्वास्थ्यकर्मी नहुँदा बेनीकै प्रयोगशालामा खकार परीक्षण गर्न ल्याउने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ठकुराठीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्