Shikhar Insurance
National Life

चितवनमा निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार बढी लाभान्वित

सिंहदरबार संवाददाता
२०८० चैत्र ११, आईतवार १०:५१
Hyundai
NCELL
NIMB

चितवन । नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा ७ सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ जनाले भिडियो एक्स–रे सेवा, दुई सय ५३ जनाले इसिजी सेवा, ९५ जनाले भिआइए सेवा लिएका छन् । त्यसैगरी पाँच सय ७५ जनाले आँखाको परीक्षण गराएका छन् । तीमध्ये एक सय जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । आठ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शिविरमा १० लाख रुपैयाँ बराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नशा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाँटी, मुटुरोग र छाला तथा यौनरोगसम्बन्धी सेवा प्रदान गरिएको थियोे ।

नेपाली कांग्रेस चितवनले पार्टीका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियानअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्