Shikhar Insurance
National Life

बहुक्षेत्रीय पोषण सम्बन्धि अभिमुखीकरण कार्यक्रम धुलिखेलमा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बहुक्षेत्रीय पोषण योजना तेस्रो, पोषणमैत्री स्थानीय शासन र स्थानीय तहको अनुगमन तथा प्रतिवेदन प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ ।

चैत्र ८ र ९ गते संचालन भएको उक्त कार्यक्रम माननीय संघीय मामिला तथा प्रशासन मन्त्री भानुभक्त जोशीको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव बिनोद प्रकाश सिंहको उपस्थितिमा सम्पन्न भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयका संघीय मामिला महाशाखा प्रमुख सुमन दाहालको अध्यक्षातामा भएको उक्त कार्यक्रममा सिन्धुपाल्चोक, सिन्धुली र दोलखा जिल्लाका जनप्रतिनिधिहरू जिल्ला समन्वय समितिका प्रमुख र गाउँ, नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय अधिकारी र  प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपालमा कुपोषणको अवस्थाको विषयमा छलफल गर्दै पोषण सुधारको लागि स्थानीय सरकारको जिम्मेवारी, बहुक्षेत्रीय पोषण योजना तेस्रोको साथै पोषणमैत्री स्थानीय शासनको आवश्यकता, औचित्यता तथा पोषणमैत्री स्थानीय तहको लागि तय गरिएका न्यूनतम सूचकहरूको विषयमा छलफल गरिएको थियो ।

यसैगरी, स्थानीय तहबाट सम्पादन भएका कार्यहरूको प्रगतिलाई राष्ट्रिय तथ्याङ्कमा एकीकृत गर्नको साथै जिससबाट हुने अनुगमनलाई सूचकका आधारित बनाउन तयार गरिएको अनुगमन तथा प्रतिवेदन प्रणालीमा समेत प्रस्तुतिकरण र छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री र जनप्रतिनिधिका बीच अन्तरसम्वाद समेत भएको हो। जिल्ला समन्वय समितिका प्रमुखहरूले जिल्ला समितिको भूमिका अनुसारको स्रोत सुनिश्चितता हुनुपर्ने अन्यथा जिल्ला समिति भूमिका विहिन हुने बताए ।

मन्त्रालयका सहसचिव सुमन दाहालले बहुक्षेत्रीय पोषण अभियामूलक कार्यक्रम भएको र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता अनुरूप सूचक हासिल गर्न जीवनपद्दति तथा प्रणालीगत अवधारणा अनुसार काम गर्नुपर्ने विषयमा प्रकाश पारे । यस्तै सचिव विनोदप्रकाश सिंहले संघ, प्रदेश र स्थानीयको तहको प्रभावकारी समन्वयबाट मात्र कार्यक्रमहरूको प्रभाकारीता बढ्ने बताए ।

कार्यक्रममा मन्त्री जोसीले तिनै तहका सरकारको आफ्नो जिम्मेवारी रहेको र जनतालाई अनुभुत हुनेगरी सेवा प्रवाह र विकास व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको यसको लागि जनप्रतिनिधि र कर्मचारीहरू समेत सुशासनको लागि प्रतिवद्ध हुनुपर्ने बताए ।

संविधानले तिनै तहमा अधिकारको स्पष्ट बाँडफाट गरेकोमा सो बमोजिम आफ्नो अधिकार क्षेत्रभित्र बजेट तथा स्रोतको प्राथिमकीकरण गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने मन्त्री जोशीको भनाई छ । कार्यक्रममा सहजीकरण गर्दै मन्त्रालयका उपसचिव रेशम कँडेलले यस कार्यक्रमले नेपाल सरकारले संचालन गरेका अभियानमूलक कार्यक्रमको सफल कार्यान्वयन गर्न र स्थानीय तहका समस्या तथा असल अभ्यासहरूलाई संघीय तहसम्म संप्रेशण गर्न थप सहयोग पुर्याउने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव वावुराम ज्ञवाली, युनिसेफ नेपालका पोषण विशेषज्ञ फुल्गेन्द्र प्रसाद सिंह लगायतले विषयबस्तुको प्रस्तुति एवम् सहजीकरण गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्