Shikhar Insurance
National Life

अहिले न्यायालयमा महिला न्यायाधीश आउनका लागि आशालाग्दो वातावरण छ: पूर्वप्रधानन्यायाधीश कार्की

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा उचित निर्णय लिनसक्ने विश्वास रहेको बताएकी छिन् । शुक्रबारबाट ललितपुरमा सुुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हन् ।

उनले महिला न्यायाधीशहरु न्यायालयमा आउनका लागि अहिले आशातित वातावरण रहेको बताइन् । उनले न्यायालयमा संविधानले भनेअनुसारको महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सम्मेलन नेपालमा महिला न्यायाधीशहरुको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा महिला न्यायाधीशहरुले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य स्म्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।

न्युज एजेन्सी नेपाल

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्