Shikhar Insurance
National Life

विभिन्न मुद्दाका १ सय ९३ फरार प्रतिवादी पक्राउ

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढेको छ ।

यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका १ सय ९३ फरार प्रतिवादी पक्राउ परेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियानअन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकालाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत फागुनमा १ सय ९३ जना पक्राउ परेका छन, पक्राउ परेकाबाट ४७ लाख ३३ हजार तीन सय ५५ जरिवाना असुलउपर गरिएको छ ।

पक्राउ पर्ने प्रतीवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्