Shikhar Insurance
National Life

काँग्रेसलक्षित ओलीको टिप्पणीः संसद अवरुद्ध पार्ने काम राजनीतिक होइन

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको बताएका हुन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने बताए । अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्धि नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने डेमोक्रेसी किन चाहियो भन्दा यी कुराहरुमा लागि चाहियो । डेमोक्रेसी संसदमा सरकारबाट हट्नुप¥यो भनेर निहुँ खोजेर संसद अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति । त्यसो भएर राजनीतिलाई एउटा माध्याम हो । त्यही संयमका साथ राजनीतिक कार्य हामीले गर्नु पर्दछ ।

समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानताका लागि, शान्ति सुब्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र समानताका लागि । सबैको सुरक्षा, सबैको सम्मान । यो कुरामा राजनीतिले ध्यान दिनुपर्दछ । त्यसकारण हामीले समृद्धि नेपालः सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्रै होइन, सुरक्षा र सम्मान पनि जोडेका छौं । किनभने असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।’

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउए ।

न्युज एजेन्सी नेपाल

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्