काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा पुगेको हो ।
आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँको कारोबार भएको छ ।
विहिबार १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । बुद्ध भूमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको सेयरमा नकरात्मक सर्किट लागेको हो ।
साथै, गुराँस फाईनान्स लिमिटेडको ९.६२ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको ९.४६ प्रतिशत सहित २२० कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्