Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम भने ४ अर्ब नाघ्यो

सिंहदरबार संवाददाता
२०८० चैत्र ८, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा पुगेको हो ।

आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विहिबार सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर सेयरको कारोबार भएको छ । आज बैंकको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ सय ३१ रुपैयाँ रहेको छ ।

साथै, आज ७० कम्पनीको सेयर मूल्य बढ्दा २१९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्